काठमाडौं । नायिका पूजा शर्माले गायिका समीक्षा अधिकारीबिच सामाजिक सञ्जालमा दोहोरी नै चलेको छ।

मंगलबार गायिका समीक्षा अधिकारीले पूजाले पोडकाष्टमा दिएको अन्तरवार्ताको भिडियो राख्दै समीक्षाले फिल्म चलाउनकै लागि आफूलाई बारम्बार प्रहार नगर्न चेतावनी दिएकी थिइन्।

त्यसको जवाफमा पूजाले आफ्नो चलचित्र आउनु अगाडि ‘शत्रु’ त लाग्ने नै बताएकी छिन्। ‘आज गायिका बहिनीले मलाई जोडेर मेरो भिडियो सेयर गरेर जुन नकारात्मक सन्देश दिन खोजेकी छन्, त्यसमा मेरो गम्भीर आपत्ति छ,’ उनले फेसबुकमा लेखेकी छन्।

यो विषयमा आफू बोल्न नचाहे पनि आफ्नो चलचित्र आउनुभन्दा अगाडि आफूलाई लक्षित गरेकाले बोल्न बाध्य भएको पूजाले बताएकी छिन्।

उनले लेखेकी छिन्,’मिडियामा आएका आएका मेरा सम्पूर्ण सामग्रीहरू नितान्त प्रोफेसनल हुन् । यो बाहेक मेरा र ती बहिनीको पनि आफ्नो व्यक्तिगत जीवन होला। त्यसमा न म कहिले बोलेँ र कहिले बोल्नेछु, चलचित्र आउनु अगाडि शत्रुहरू त लाग्छन् नै।’

त्यसअघि समीक्षाले सत्य के हो आफूलाई, उसलाई र भगवानलाई मात्र थाहा भएको बताउँदै पोडकाष्टहरू न्यायाधीश बनेको लेखेकी थिइन्।

उनले लेखेकी छिन्, ‘अदालत नै पोडकाष्टहरु हुन भने, न्यायाधीश नै यी र यस्ता कलाकारहरू हुन भने उति बेला यतैबाट फैसला गरिदिएको भएपनि हुन्थ्यो नि ! सत्य के हो ? कि उसलाई थाहा छ, कि मलाई थाहा छ कि त भगवानलाई थाहा छ। के सही ? के गलत ? छुट्याउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफूलाई जोख्न तयार भएँ। र माफी दिएर साबित गरिदिएँ।’

प्रकाशित मिति: १८ भाद्र २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com