काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले पछिल्लो समय आफ्ना प्रयोगकर्तासँग ठगी गर्ने नयाँ रणनीति अपनाएपछी देशभर बाट एनसेलको सिम बहिष्कार अभियान चलेको छ। कम्पनीले ग्राहकहरूको विश्वासलाई तोड्दै ग्राहक लुट्न ५० को रिचार्ड मात्र सात दिनको भ्यालिडिटि राखेर ग्राहकलाई ठग्ने रणनीतिको चौतर्फी आलोचना भयो।
ग्राहक लुट्ने एनसेलको पछिल्लो व्यापारिक रणनीतिले ग्राहकहरूलाई असन्तुष्ट बनायो। यसै कारण केही ग्राहकहरूले एनसेलको सिम कार्ड तोडेर वा फ्यालेर एनसेलको सिम बहिष्कार गर्ने अभियान सुरू गरेका छन्। ग्राहकको हक र हितलाई बेवास्ता गर्दै जनता लुट्ने एनसेलले नयाँ रणनीति लिएकोप्रती ग्राहक आक्रोशित बनेका हुन्।
यसको विरोध स्वरूप विभिन्न सामाजिक सञ्जाल प्लेटफर्ममा एनसेल बहिष्कार गर्ने आह्वान गर्दै ग्राहकहरूले एनसेलको सिम कार्ड फ्याल्ने र यसको सिम काट्ने क्रम तीव्र पारेका छन्। एनसेलको पछिल्लो रणनीतिले कम्पनीको चर्को आलोचना भएपछि हाललाई उक्त निर्णय फिर्ता लिएको छ।
प्रकाशित मिति: २५ पुस २०८१, बिहिबार
प्रतिक्रिया