काठमाडौँ । गृह मन्त्रालयको नक्कली सूचना बनाई भ्रम फैलाउने व्यक्ति नियन्त्रणमा लिइएको बताइएको छ । गृह मन्त्रालयको लेटर हेडमा बुधवार(आज) बिदा भएको भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउने व्यक्तिलाई साइबर ब्युरोले नियन्त्रणमा लिएको गृह स्रोतले जानकारी दिएको छ ।

प्रहरी अधिकारीका अनुशार विगतमा निकालेको सूचनालाई अनधिकृत रूपमा सम्पादन गरी सम्प्रेषण गर्ने व्यक्तिलाई एक लाख रुपैयाँ जरिवाना र पाँच वर्ष कैद हुने गरी आजै मुद्धा दायर गर्ने तयारी रहेको छ ।

कतारका अमिरको नेपाल भ्रमणको अवसरमा नेपालभर सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय भएको भन्दै मन्त्रालयको लेटर हेडमा सार्वजनिक सूचना प्रवाह गरेसँगै बिहानभरि पत्र भाइरल भएको थियो । जसका कारण सरकारी कर्मचारीहरूमा कन्फ्युजन पैदा गरेको थियो ।

प्रकाशित मिति: १९ भाद्र २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com