काठमाडौं । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र मृत भेटिएका दुई बालिकाकी आमाले पनि विष सेवन गरेको पाइएको छ ।

सुन्दरहरैँचा–७ को एक केरा बगानमा अर्जुन कार्कीका छोरीहरु ३ वर्षकी अर्पणा र एक वर्षकी आइका कार्की शनिबार दिउँसो मृत भेटिएका थिए ।

घटनाको चार दिनपछि उनीहरुका आमा अस्मितालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए ।

प्रारम्भिक अनुसन्धानका क्रममा श्रीमानले धम्की दिएपछि उनले आफूले विष सेवन गरी छोरीहरुलाई पनि विष सेवन गराएको पाइएको प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति: १९ भाद्र २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com