काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रथम राष्ट्रिय सम्मेलन सफलताको शुभकामना दिँदै पार्टीको नाम फेर्न सुझाव दिएका छन्।

महामन्त्री शर्माले स्वतन्त्र शब्द छाडेर दलको नाम जुराउने साहस राख्न रास्वपालाई आग्रह गरेका हुन्।

‘नयाँ दलको प्रथम राष्ट्रिय सम्मेलन सफलताको शुभकामनासहित सुझाव- कतिपय असन्तुष्टिको माहौलमा स्वतन्त्र मन बनाएका कतिपय नागरिकको भावनात्मक आवेग क्यास गर्न स्वतन्त्र नाम रोज्नुभयो, एउटा आकार बनाउनुभयो। अब स्वतन्त्र छाडेर दलको नाम जुराउने साहस राख्नुस्,’ रास्वपाको नाम उल्लेख नगरी शर्माले मंगलबार सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका छन्।

रास्वपाको राष्ट्रिय सम्मेलन काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा मंगलबारदेखि सुरू भएको छ। त्यसतर्फ लक्ष्य गर्दै उनले सम्मेलन सफलताको पनि शुभकामना दिएका छन्।

प्रकाशित मिति: २ आश्विन २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com