काठमाडौँ । चीनमा जारी २० औँ एसियन कराते च्याम्पियनसिपमा करातेकी युवा खेलाडी एरिका गुरुङ फाइनल प्रवेश गरेकी छन् ।

शुक्रबार भएको खेलमा महिला ६८ केजी तौल समूहमा थाइल्यान्डकी केवालिन सोङक्लिनलाई ८-० ले पराजित गर्दै एरिका फाइनलमा पुगेकी हुन् । योसँगै एरिका एसियन च्याम्पियनसिपमा फाइनल पुग्ने पहिलो नेपाली खेलाडी बनेकी छन् ।

एरिकाले प्रि-क्वार्टरफाइनलमा फिलिपिन्सकी इसाबेल अरिएन्ने ब्रिटोलाई ४-० तथा क्वार्टरफाइनलमा काजकिस्तानकी सोफिया बेरुल्टसेभालाई पराजित गरेकी थिइन् ।

उपाधिका लागि एरिकाले आइतबार भियतनामकी नाओन थि नुयेनसंग खेल्नेछिन् ।

प्रकाशित मिति: ५ आश्विन २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com