काठमाडौं । लोकप्रिय गायिका समीक्षा अधिकारीलाई डेंगी संक्रमण भएको छ ।उनी आफैंले आफूलाई डेंगी पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन् ।

समीक्षा पछिल्ला दिनमा व्यस्त गायिकामा पर्छिन । मेला महोत्सवदेखि स्टेज कार्यक्रममा उनको डिमाण्ड बढ्दो छ । तीजको अवसरमा जापान र अष्ट्रेलिया लगायतका देशमा आफ्नो प्रस्तुति दिएर फर्किएकी उनी केही दिनमा अमेरिका जाने कार्यक्रम छ ।

पछिल्ला दिनहरूमा काठमाडौंलगायत देशभर डेंगीका संक्रमण तीव्र गतिमा फैलिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशका ७६ जिल्लामा डेंगीको संक्रमण देखिएको छ । हालसम्म हुम्लाबाहेक सबै जिल्लामा डेंगी देखिएको हो ।

प्रकाशित मिति: ८ आश्विन २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com