काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी पक्राउ परेका छन् । प्रहरीले आफूलाई काठमाडौंको बालुवाटारबाट पक्राउ गरेर मालीगाउँ वृत लगेको शिवाकोटीले बताएका छन् ।

लुम्बिनी प्रदेश सांसद बादशाह कुर्मीलाई कारबाहीको माग गर्दै बालुवाटारमा धर्ना दिइरहेका रुबी खानलगायतलाई पक्राउ गर्ने क्रममा आफू पनि परेको उनले बताएका छन् । उनले आफूलाई प्रहरीले भ्यानमा राखेर मालीगाउँ वृतमा ल्याएको जनाएका छन् ।

प्रकाशित मिति: २९ आश्विन २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com