नेपाली काङ्ग्रेसमा पार्टी विद्राेह गरेर स्वतन्त्र उम्मेदवार बनेका मनोज कुमार साह जनकपुरधाम उपमहानगरपलिका को मेयर मा विजयी भएका छन् ।                                                             सत्ता गठबन्धनले जनकपुरधामको मेयरमा कांग्रेसको उम्मेदवार नउठाउने निर्णय गरेपछि पार्टीमा विद्राेह गरेर साह स्वतन्त्र उम्मेदवारि दिएका थिए । उनि १३,४६५ मत प्राप्त गरेर विजयी भएका हुन् ।                                             उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शिवशंकर साहले ९,५३२ मत प्राप्त गरे भने गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार लाल किशोर साहले ५,१९४ मत प्राप्त गरे ।

प्रकाशित मिति: ९ जेष्ठ २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com