काठमाडौं । आज (शुक्रबार) साँझ पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध संगठित अपराधमा पनि अनुसन्धान हुने भएको छ ।

शुक्रबार कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पूर्जीका आधारमा उनीमाथि सहकारी ठगीसँगै संगठित अपराधमा पनि अनुसन्धान हुने भएको हो । संगठित अपराधमा पक्राउ परेका जोकीहीलाई ६० दिन थुनामा राखेर अनुसन्धान गर्न सकिने कानुनी व्यवस्था छ ।

पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई पनि ६० दिन थुनामा राखेर अनुसन्धान गर्न सकिने बताइएको छ । सङ्गठित अपराध निवारण ऐन २०७० को दफा १४ ले दिएको अधिकारले लामिछानेलाई ६० दिन थुनामा राखेर अनुसन्धान गर्ने संभावना रहेको प्रहरी अधिकारीहरू बताउँछन् । सहकारी ठगीमा मात्रै अनुसन्धान गर्दा २४ दिनसम्म मात्रै थुनामा राख्न सकिने भए पनि सङ्गठित अपराधमा अनुसन्धान गर्दा थुन्ने अवधि बढ्ने देखिएको हो ।

प्रकाशित मिति: २ कार्तिक २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com