काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापती तथा पुर्वगृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलन र सङ्गठित ठगीको आरोपमा पक्राउ परेपछि उनको सांसद पद के हुन्छ भन्ने चासो आमरुपमा बढेको छ । धेरैले उनको सांसद पदको भविष्यबारे चासो देखाएका छन् ।

प्रहरीले लामिछाने पक्राउ परेको जानकारी सभामुख र संसद सचिवालयलाई दिईसकेका छन् । नेपालको संविधानको धारा १०३ अनुसार, जब सांसद पक्राउ पर्छन्, सभामुखलाई जानकारी दिनुपर्छ । सोही अनुसार सूचना दिइएको छ । अहिले संसद्को अधिवेशन नचलेको हुँदा, संसद सचिवालयले यो सूचना पाटीमा टाँस्नेछ ।

अहिलेको अवस्थामा, लामिछानेको सेवासुविधा तलब–भत्ता भने रोकिँदैन । तर, प्रहरीले उनीमाथि तीन वर्षभन्दा बढी सजाय माग गरेर अभियोग लगायो र अदालतले पुर्पक्षका लागि थुनामा पठायो भने मात्र उनको सेवासुविधा रोकिनेछ ।

उनको सांसद पद भने अदालतले दोषी ठहर गरेपछि मात्रै जानेछ । यदि सफाइ पाएमा उनि आफ्नो काममा पुनः फर्कनेछन् । तर, यदि थोरै सजाय पाएर थुनामुक्त भए र प्रतिनिधि सभाको कार्यकाल सकिएन भने उनी पुनः सांसदका रूपमा काम गर्न पाउने छन् ।

 

प्रकाशित मिति: ३ कार्तिक २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com