काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै सहभागिता नभएको बताएका छन् ।

मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले आफूमाथि निष्पक्ष छानबिनका लागि संसदमा कुरा राखिसकेको पनि बताएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केही दिनदेखि आफ्नो तस्बिर देखाएर आन्दोलन गरिरहेको थाहा पाएको भन्दै उनले भने, ‘सहकारी ठगी प्रकरणमा मेरो कुनै सहभागिता नभएको र निष्पक्ष छानबिनको लागि मैले सम्मानित संसदमा कुरा राखिसकेको छु । म सधैँ भ्रष्टाचार र भ्रष्टाचारीको विरुद्धमा खरो उत्रने सच्चा नेपाली हुँ ।’

ज्योति गुरुङले गरेको गल्तीको दोषी आफूलाई बनाएर नाराबाजी गर्ने हो भने रवि लामिछानेले गरेको गल्तीमा निकिता पौडेललाई पनि हिरासतमा राखेर कारबाही गर्न किन माग नगरेको भन्दै उपसभापति गुरुङले रास्वपालाई प्रश्न गरेका छन् ।

प्रकाशित मिति: ६ कार्तिक २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com