कास्की । राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारीको मुद्दालाई सडक र सदनबाट निरन्तर उठाउने बताएको छ । बिहीबार कास्कीमा पत्रकार सम्मेलन गर्दै रास्वपाका नेताहरुले सहकारीको मुद्दा निरन्तर उठाउने बताएका हुन् ।

पत्रकार सम्मेलनमा रास्वपा प्रवक्ता मनिष झाले संयमित भएर रास्वपाले प्रदर्शन गरिरहेको बताए । बरु उनले नेकपा एमाले र कांग्रेसका कार्यकर्ताहरू सहकारी पीडितको मुकुट ओढेर सडकमा उभिने गरेको आरोप लगाए ।

प्रवक्ता झाले आफूहरू आफ्नो नेता रवि लामिछानेलाई छुटाउन पोखरा नआएको समेत बताए । ‘हामी एउटा कानुनी प्रक्रिया अनुसार होस्, राजनीतिक प्रतिशोध नहोस् भनेर आएको हो’, उनले भने,‘राजनीतिक प्रतिशोध छ म प्रमाणित गर्न सक्छु ।’ सहकारीको पैसा अरू मिडियामा आउँदा तिनको नाम नआउने तर गोरखा मिडियामा आउँदा रवि लामिछानेलाई मात्र थुन्ने गरेको भन्दै राष्ट्रपतिका सल्लाहकार बाबुराम कुँवर समेत मुछिएको अवस्थामा उनलाई कुनै कारबाही नगरेको बताए ।

प्रकाशित मिति: ८ कार्तिक २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com