काठमाडौं । लगातार रेकर्ड बनाएको सुनको मूल्य बिहीबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत साताको बुधबारदेखि दिनहुँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज सात सय रूपैयाँले घटेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ६६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला दुई हजार एक सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोलामा ४० रूपैयाँ घटेर दुई हजार ९५ रूपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: ८ कार्तिक २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com