काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरणको मुद्धामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ पूर्जी लिएर प्रहरीले २ कात्तिकमा लामिछानेलाई पक्राउ गरेको थियो । बिहीबार म्याद थपका लागि जिल्ला अदालत, कास्कीमा उपस्थित गराउँदा भने सम्पत्ति शुद्धीकरणको मुद्धा पनि थपिएको छ ।

प्रहरीले भने ‘सहकारी ठगी, संगठित अपराधमा अनुसनधान भइरहेको थियो । अब सम्पत्ति शुद्धीकरणको मुद्धामा पनि अनुसन्धान प्रक्रिया अगाडि बढाएका छौं,’ कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले भने, ‘यसको प्रतिवेदन तयार पार्ने काम भइरहेकाले कसरी पेश हुन्छ भन्नेबारे भने अहिले नै भन्ने सकिने विषय भएन ।’

आफूमाथि सम्पत्ति शुद्धीकरणको मुद्धामा पनि अनुसन्धान प्रक्रिया अगाडि बढाउन लागिएपछि लामिछाने बिहीबार इजलासमै आक्रोशित रुपमा प्रस्तुत भएका थिए । तर अदालतले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कमा देशका विभिन्न ५ सहकारीबाट ६५ करोड रुपैयाँ रकम गएको प्रतिवेदनमा छ ।

प्रकाशित मिति: ९ कार्तिक २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com