काठमाण्डाै – प्रतिनिधि सभाको बैठक १५ मिनेटको लागि स्थगित भएको छ ।ओलीप्रति गरिएको टिप्पणीका कारण एमाले सांसदहरुले बैठक अवरोध गरेसँगै १५ मिनेटको लागि वैठक स्थगित भएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले बिहीबारको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले आयल निगमलाई सरकारले खारेज गर्न लागेको निराधार र झुटाे आरोप लगाएको भन्दै आपत्ती जनाउँदै आरोप को आधार सहित जवाफ दिन पनि उनले आग्रह गरेका थिए । यहि ओलीप्रति गरिएको टिप्पणीका कारण एमाले सांसदहरुले बैठक अवरोध गरेसँगै १५ मिनेटको लागि वैठक स्थगित भएको हो ।
प्रकाशित मिति: १३ जेष्ठ २०७९, शुक्रबार
प्रतिक्रिया