काठमाडौं । पीडितलाई न्याय दिलाउने जिम्मेवारी लिएको वकिलले अदालतभित्रै हराएको ३३ लाख रुपैयाँबराबरको हिराको हार आफ्नो खल्तीमा राखेका छन् । यो घटना काठमाडौं जिल्ला अदालत भित्रको हो ।

बिहीबार दिउँसो अदालतमा जमुना घलेको हिराको हार हराएपछि शुक्रबार प्रहरीले सिसिक्यामेराको सहयोगमा उक्त हारको खोजी गरेको थियो।

प्रहरी स्रोतका अनुसार, सिसिक्यामेरामा एक कानुन व्यवसायीले हारलाई टिपेर खल्तीमा राखेको देखियो । बार एसोसियशनको सहयोगमा प्रहरीले उक्त कानुन व्यवसायीको पहिचान गरेको थियो।

अन्ततः ती कानुन व्यवसायीले हराएको हारलाई धनीलाई फिर्ता गरेका छन् ।

प्रकाशित मिति: ११ कार्तिक २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com