नारायणगढ–मुग्लिन सडक खण्डको चितवन स्थित इच्छाकामना गाउँपालिका–५, तीन नम्बर पुल मा दुई ट्रक एकआपसमा ठोकिँदा एक व्यक्ति घाइते भएका छन् ।विहान करिब ६ बजेको समयमा दुई ट्रक एक आपसमा ठोकिएका थिए ।                                           मुग्लिनबाट नारायणगढ तर्फ आउँदै गरेको ना ६ ख ७८०४ नम्बरको डिब्बा ट्रक र बिपरित दिशाबाट आईरहेको लु २ ख ५६५४ नम्बरको ट्रक एक आपसमा ठोकिएका थिए । दुर्घटनामा ना ६ ख ७८०४ नम्बरको डिब्बा ट्रकका चालक रहेका झापाको बुद्धशान्ती ३ बस्ने ४० बर्षिय मनोज धिमाल घाइते भएका छन् ।
उनको खुट्टामा चोट लागेको र हाल उनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ ।                                           लु २ ख ५६५४ नम्बरको ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिइ दुर्घटना को थप कारण बारे अनुसन्धान गरिरहेको बताईएको छ ।

प्रकाशित मिति: १४ जेष्ठ २०७९, शनिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com