काठमाडौँ । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सडकबाट छुटाउन नसकेपछि प्रधानमन्त्रीसँग हारगुहार गर्न थालेको छ। संसदको विशेष छानविन समितिले कारबाहीका लागि सिफारिस गरेपछि लामिछानेलाई कार्तिक २ गते पार्टी कार्यालयबाट पोखरा पुर्‍याइएको थियो।

रास्वपाका नेता–कार्यकर्ताहरूले लामिछानेको पक्राउलाई राजनीतिक प्रतिशोधको परिणाम भन्दै विरोध गर्दै आएका थिए। सडक आन्दोलनले अपेक्षित परिणाम नदिँदा रास्वपाले सरकारसँग लबिङ गर्ने प्रयास गरिरहेको छ।

कार्तिक ३ गते रास्वपाले पोखरा र काठमाडौंमा प्रदर्शन गर्यो, तर पोखरामा सहकारी पीडितहरूले विरोध गर्न थालेपछि पार्टीले आन्दोलन काठमाडौंमा केन्द्रित गर्यो। विरोधको क्रममा रास्वपाले प्रधानमन्त्री केपी ओलीको शवयात्रा पनि गर्यो।

हाल रास्वपा नेताहरूले प्रधानमन्त्री र मन्त्रीहरूसँग भेटवार्ता गरिरहेका छन्, जसलाई सभापति लामिछानेको मुद्दा फिर्ता लिने प्रयासको रूपमा हेरिएको छ। तर, एमालेका नेता विष्णु रिजालले मुद्दा फिर्ता लिने संभावना नरहेको बताउँदै भनेका छन् कि – ‘रास्वपाका नेताहरूले प्रधानमन्त्रीको विरोध गर्दै दवाब बनाएको तर अहिले हारगुहार गर्न बालुवाटार पुगे।’

रास्वपाले बुधबारदेखि सडक आन्दोलन स्थगित गरेको र चाडपर्वका कारण आन्दोलनलाई अगाडि नबढाउने योजना बनाएको जनाएको छ। प्रमुख सचेतक सन्तोष परियारले भनेका छन् कि आन्दोलनको स्थगन चाडपर्व र अनुसन्धानमा सहयोग गर्नका लागि गरिएको हो।

रास्वपाका नेताहरुले प्रधानमन्त्रीसँगको भेट सभापति लामिछानेको विषयमा नभएको दाबी गरेका छन्।

 

प्रकाशित मिति: १५ कार्तिक २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com