काठमाडौं । हङकङ सिक्सेजमा नेपालले इंग्ल्याण्डलाई पराजित गरेको छ । मोङ कोकमा शुक्रबार भएको खेलमा नेपालले इंग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको हो ।
९८ रनको लक्ष्य नेपालले ४.२ ओभरमा कुनै विकेट नगुमाई पूरा गरेको हो । नेपालका लागि कप्तान सन्दीप जोराले अर्धशतक पूरा गरे । सन्दीपले १२ बलमा ३ चौका र ६ छक्का प्रहार गरे । तर, ५० बनाएलगत्तै उनले घाइते हुँदा मैदान छाडेका थिए।
लोकेश बमले ११ बलमा १ चौका र २ छक्का प्रहार गर्दैै अविजित २० रन बनाए । राशिद खानले अविजित २१ रन बनाए । राशिदले ५ बलमा २ चौका र २ छक्का प्रहार गरे ।
पहिले ब्याटिङ गरेको इंग्ल्याण्ड ५.५ ओभरमा अलआउट अलआउट हुँदा ९७ रन बनाएको हो । इंग्ल्याण्डका लागि कप्तान रवि बापोराले ४९ र समित पटेलले भने ३९ रन बनाए ।
नेपालका लागि प्रतिश जिसीले ३ तथा लोकेश बम, नारायण जोशी र विवेक यादवले १-१ विकेट लिए । टस जितेर नेपालले पहिले बलिङ रोजेको हो । अब नेपालले आफ्नो दोस्रो खेल अष्ट्रेलियाविरुद्ध कात्तिक १७ गते खेल्ने छ ।
प्रकाशित मिति: १६ कार्तिक २०८१, शुक्रबार
प्रतिक्रिया