मदन भण्डारी फाउण्डेशनले यस वर्षदेखि रु एक लाख राशिको मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कारको सुरुआत गरेको छ ।
सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाको प्राप्तिमा सहयोग हुने गरी लोकतान्त्रिक सामाजिक न्यायको क्षेत्र विशेषतः हिंसा तथा विभेदरहित समाज निर्माण, पर्यावरण र सांस्कृतिक तथा सामाजिक सम्पदाको संरक्षण, मानवअधिकार, सार्वजनिक शैक्षिक सुधार, स्वास्थ्य सेवाको पहुँच, न्यायमा पहुँच, मर्यादित जीवनको लागि निरन्तर कार्यरत व्यक्ति वा संस्थालाई पुरस्कृत गर्नु यस पुरस्कारको मूल उद्देश्य सो संस्थाले जनाएको छ ।
यस वर्ष समाज परिर्वतन र विकासमा महत्वपूर्ण भूमिका खेल्नुभएका व्यक्ति÷संस्थालाई प्रदान गर्ने भएकाले राष्ट्रिय पुरस्कारको लागि आवेदन आह्वान गरिएको फाउण्डेशनका सचिव पेमा लामाले जानकारी दिनुभयो ।

                                    विसं २०६८ देखि हरेक वर्ष जननेता मदन भण्डारीको जन्मजयन्ती ९असार १४ गते० को अवसरमा रु एक लाख राशिकै मदन भण्डारी राष्ट्रिय पुरस्कार पनि प्रदान हुँदै आएको छ ।नेपालको राष्ट्रिय आकाङ्क्षा प्राप्तिमा सहयोग हुने गरी आर्थिक समुन्नति तथा अवसरको समन्यायिक वितरणका क्षेत्रमा अध्ययन, अनुसन्धान, उद्यमशीलता, आविष्कार, नवप्रवर्तन र राष्ट्रिय पुँजी निर्माणका लागि योगदान पुर्याउने व्यक्ति÷संस्थाको पहिचान गरि पुरस्कृत गर्नु रहेको जनाइएको छ । यस वर्ष राष्ट्रिय अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने कृषि क्षेत्रमा नवीन प्रयोग गरेको व्यक्ति÷संस्थालाई प्रदान गर्ने निर्णय भएकाले आवेदन माग गरिएको छ । रासस

प्रकाशित मिति: १४ जेष्ठ २०७९, शनिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com