अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाले ‘ए मेरो हजुर ३’ मा सँगै काम गरेका थिए। उनीहरूको सहकार्यलाई दर्शकले निकै रूचाए। 

यी दुई युवा कलाकारको सहकार्य यतिमै टुंगिएको छैन। उनीहरू ‘ए मेरो हजुर ४’ मा पनि एकसाथ देखिँदै छन्। अभिनेत्री झरना थापाद्वारा निर्देशित ए मेरो हजुर ४ यही नयाँ वर्षको अवसर पारेर प्रदर्शन हुने भएको छ। सुहानाकी आमा समेत रहेकी झरना अनमोल र सुहानालाई नै लिएर ‘भागवत गीता’ फिल्म बनाउने चर्चा पनि छ।

अनमोलका अनुसार उनले ए मेरो हजुर ४ धेरै समय नसोची खेल्न राजी भएको फिल्म हो।

उनी भन्छन्, ‘ए मेरो हजुर ३ प्रदर्शन भएपछि म फुर्सदमै थिएँ। झरना दिदीले नयाँ फिल्म प्रस्ताव गर्नुभयो। कथा मन पर्‍यो, मैले गर्न चाहेजस्तै भूमिका थियो। त्यसैले सहजै स्वीकारेँ।’

ए मेरो हजुर ३ बाटै डेब्यू गरेकी सुहाना भने दर्शकको मागअनुसार ए मेरो हजुर ४ मा काम गर्न तयार भएको बताउँछिन्।

उनका अनुसार अमेरिकामा ए मेरो हजुर ३ को अन्तिम शो चलिरहँदा त्यहाँ दर्शकहरूले ए मेरो हजुर ४ को माग राखेका थिए। पछि स्व. छेतन गुरुङले एउटा स्क्रिप्ट छ भन्दै सुनाए।

‘हामीलाई त्यो मन पर्‍यो,’ सुहानाले भनिन्, ‘दर्शकले हाम्रो जोडी पनि मन पराउनुभएकाले टिमले फेरि यही जोडी दोहोर्‍याउने निर्णय गरेको हो।’

परिवार आवद्ध भएको, पहिल्यै काम गरिसकेको टिममा काम गर्न खास मुश्किल हुँदैन। अनमोल र सुहानाको छायांकन समय पनि परिवारकैमाझ रमाइलो गर्दै बित्यो। उनीहरूसँग डोल्पामा सुटिङ गर्दाखेरिका केही रमाइला किस्सा ताजै छन्।

दुबैले सम्झिए, ‘हामीलाई त्यहाँका स्थानीयबासीहरूले काम गर्न सहज बनाइदिनु भएको थियो। धेरै सुविधा नभए पनि उहाँहरूको सहयोगले सहज बनायो। कति दिन त बिहानदेखि बेलुकासम्म आलुकै परिकार मात्र खाएर बिताइयो। तर उहाँहरूको माया र भावले मिसिएको थियो।’

डेढ वर्षअगाडि तीजको अवसरमा प्रदर्शन गर्ने भनिएको फिल्म कोरोना महामारीका कारण प्रदर्शनमा आउन सकेको थिएन। अब वैशाख १ गते रिलिज हुने भनिएको ए मेरो हजुरको टक्कर कन्नड फिल्म केजीएफः च्याप्टर २ सँग हुने भएको छ।

नेपालमा हिन्दीभाषी फिल्मले राम्रै बजार पाउँछ। त्यसमा पनि अहिले दक्षिण भारतीय फिल्मले एकदमै दर्शक तानिरहेको छ। त्यसैले निर्देशक झरना थापाले ए मेरो हजुरको प्रदर्शन मिति सार्ने धेरैले अड्कल लगाएका थिए। निर्देशक थापाले भने विदेशी फिल्मसँग डराएर आफ्नो घरबाट किन भाग्ने भनेकी छन्।

अनमोल र सुहाना अहिले केजीएफसँग वास्तविक प्रतिस्पर्धा रहेको बताउँछन्।

‘हाम्रो फिल्म पहिले पनि जुधिरहेको हुन्थ्यो तर नेपाली फिल्मसँग। त्यो हाम्रै उद्योगको भएकाले हाम्रो लागि प्रतिस्पर्धा थिएन। आफ्नैसँग प्रतिस्पर्धा हुँदैन,’ उनीहरू भन्छन्, ‘हाम्रो वास्तविक प्रतिस्पर्धा रहेको बताउँछन्

‘हाम्रो फिल्म पहिले पनि जुधिरहेको हुन्थ्यो तर नेपाली फिल्मसँग। त्यो हाम्रै उद्योगको भएकाले हाम्रो लागि प्रतिस्पर्धा थिएन। आफ्नैसँग प्रतिस्पर्धा हुँदैन,’ उनीहरू भन्छन्, ‘हाम्रो वास्तविक प्रतिस्पर्धा बलिउड, हलिउड फिल्मसँग हो।’

प्रकाशित मिति: २८ चैत्र २०७८, सोमबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com