काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार छापावाल सुनको मूल्य तोलामा २ हजार रूपैयाँले बढेको हो ।
आज सुन तोलाको १ लाख ६६ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार सुन तोलाको १ लाख ६४ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी तोलामा २० रूपैयाँले बढेर १ हजार ९ सय ८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: २३ कार्तिक २०८१, शुक्रबार
प्रतिक्रिया