काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ।

१९ जना यात्रुसहित जोमसोमका लागि उडेको उक्त जहाज बेपत्ता भएको काठमाडौंस्थित यति एयरलाइन्सको केन्द्रीय कार्यालयले पुष्टि गरेको छ।

विमानमा १९ जना यात्रु रहेको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए। पोखराबाट जोमसोम उडेको तारा एयरको नाइन एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको हो।

‘विमान अहिलेसम्म सम्पर्कविहीन छ। यसको कारण भने खुल्न सकेको छैन’, उनले भने, ‘बिहान ९ : ५५ मा पोखराबाट जोमसोमको लागि उक्त जहाज उडेको थियो। मौसम त्यति राम्रो थिएन।’

मौसम खराब भए पनि ताराको जहाज जानुअघि समिट एयरको जहाज पोखराबाट उडान भरेर जोमसोममा सकुशल अवतरण गरेको थियो।

प्रकाशित मिति: १५ जेष्ठ २०७९, आइतबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com