भक्तपुर । भक्तपुरको प्रसिद्व बिस्केट जात्राको पाचौं दिन अर्थात नयाँ वर्षको दिन भेलुखेलमा योसिं ः द्यो ढालिएको छ । बिहीबार दिउँसो ठड्याइएको ५५ हाते योसिं : द्यो लाई साँझ तान्त्रिक विधि पूर्वक ढालिएको हो ।

अष्टमात्रिकाको प्रतिक मानिने लिङ्गो नागनागिनीको प्रतिक स्वरुप हंलिपतध्वजा बाँधेर फराइन्छ । त्यसको लगत्तै गहीटी चोकमा भैरवनाथ र भद्रकालीको रथलाई एक आपसमा जुधाउने परम्परा रहेको छ । जसलाई स्थानीय भाषामा द्यो ल्वाकिगु भनिन्छ । लिङगो उभ्याउने र ढाल्ने नै बिस्केट जात्राको प्रमुख पक्ष हो ।

 

भैरवनाथको प्रतिक मानिने लिङ्गोको शीर्षभाग र हातहरु नौलो कपडाले बेरी लिङ्गोको कोखमा झुण्ड्याउने चलन छ । यी दुई वीरध्वजा र विश्वध्जालाई भैरवनाथको ध्वजा समेत भन्ने गरिन्छ । यी ध्वजाहरु फुकाएपछि एउटा संवत फेरिने हुनाले बीचैमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यतासमेत रहेको पाइन्छ ।

बिस्केट जात्राको छैठौ दिन अर्थात् वैशाख २ गते मध्यपुर थिमि बालकुमारीस्थित बिहान सिन्दुर जात्रा गरी दिउँसो बोडेमा जिब्रो छेड्ने जात्रा मनाइने गरिन्छ ।

प्रकाशित मिति: ३ बैशाख २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com