भाउजुलाई पेट्रोल छर्केर आगो लगाई फरार रहेका सप्तरीको बोदे बर्साईन नगरपालिका- १ धनगढीका परमेश्वर साह पक्राउ परेका छन्।उनले आफ्नै दाजु रविन साहकी श्रीमती राजकुमारी साहलाई घरमा खानापकाई रहेको अवस्थामा जिउभरि पेट्रोल छर्की आगो लगाएका थिए ।                                            २५ वर्षीय साह २७ वर्षीया भाउजु राजकुमारी साह लाई २१ माघ २०७८ मा पेट्रोल छर्की आगो लगाई फरार थिए।र उपचारको क्रममा भाउजु राजकुमारीको मृत्युु भएको थियोे ।प्रहरीले प्रात गरेको गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बोदे बर्साईनबाट खटिएका वरिष्ठ प्रहरी नायव निरीक्षक सुरेश पालक‍ो नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो।

प्रकाशित मिति: १६ जेष्ठ २०७९, सोमबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com