काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ५१ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ।

प्रहरीका अनुसार प्रतिवेदनमा ५१ जनालाई प्रतिवादी बनाउन सिफारिस गरिएको छ। कास्की प्रहरीका प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले सोमबार सो प्रतिवेदन पेश गरिएको जानकारी दिए।

डीएसपी शर्माले भने, “५१ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाएका छौं। तीमध्ये ३७ जना फरार छन्।”

प्रहरीका अनुसार हालसम्म प्रतिवादी सूचीमा रहेका १४ जना पक्राउ परिसकेका छन् भने ३७ जना अझै फरार छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: १ पुस २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com