काठमाडौँ । कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग सम्पत्ति सुद्धिकरण मुद्दामा २७ करोड ८९ लाखभन्दा बढी बिगो असुल गर्नुपर्ने राय दिएको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले सोमबार जिल्ला सरकारी वकिल कार्यालय, कास्कीमा बुझाएको सम्पत्ति सुद्धिकरणसम्बन्धी मुद्दामा उक्त रकम असुल गर्नुपर्ने राय दिएको हो ।

 

जिल्ला सरकारी वकिल कार्यालय, कास्कीबाट कान्तिपुरलाई प्राप्त कागजातअनुसार प्रहरीले लामिछानेबाट सम्पत्ति सुद्धिकरणमा २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच रुपैयाँ बिगो असुल गर्नुपर्ने राय दिएको छ ।

सूर्यदर्शन सहकारी ठगीसम्बन्धी अनुसन्धान प्रतिवेदनमा लामिछानेसहित ५१ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने राय पनि प्रहरीले दिएको छ । ती प्रतिवादीहरूबाट एक अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ बिगो असुल गर्नुपर्ने राय प्रहरीको छ ।

लामिछानेविरुद्ध सहकारी ठगीसँगै सम्पत्ति सुद्धिकरणको मुद्दा चलाउनुपर्ने र बिगो असुल गर्नुपर्ने राय प्रहरीले दिएको छ । उक्त राय अध्ययन गरेपछि जिल्ला सरकारी वकिल कार्यालय कास्कीले अदालतमा मुद्दा दायर गर्नेछ । लामिछानेले गत कार्तिक २ देखि कास्की प्रहरीको हिरासतमा छन् ।

प्रकाशित मिति: १ पुस २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com