काठमाडौँ । दक्षिण-पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा मंगलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि बिहीबार अपरान्ह्सम्म कूल एक हजार दुई सय ११ वटा परकम्पनहरू पत्ता लागेको क्षेत्रीय सरकारले जनाएको छ ।
चीनको दक्षिणपश्चिमी क्षेत्र सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा मंगलबार ६.८ म्याग्निच्यूडको भूकम्प गएको स्थानीय अधिकारीले बताएका छन् । भूकम्पका कारण एक सय २६ जनाको मृत्यु हुनुका साथै एक सय ८८ जना घाइते भएका थिए भने फसेका चार सय सात जनाको उद्धार गरिएको छ ।
क्षेत्रीय भूकम्प ब्युरोका अनुसार ६.८ म्याग्निच्यूडको भूकम्पको केन्द्र विन्दुबाट करिब १८ किलोमिटरको दूरीमा ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो । ३३ वटा पराकम्पन तीनभन्दा बढी म्याग्निच्युडको रहेको पनि ब्युरोले उल्लेख गरेको छ ।
प्रकाशित मिति: २५ पुस २०८१, बिहिबार
प्रतिक्रिया