काठमाडौं । दक्षिणी भारतमा ‘बुल फाईट’ अर्थात् साँढे जुधाई प्रतियोगिता क्रममा कम्तीमा सात व्यक्तिहरू मारिएका र अन्य ४०० भन्दा बढी घाइते भएका छन्।

दक्षिण भारतको तमिलनाडु राज्यका विभिन्न भागमा आयोजित कार्यक्रममा बिहीबार मृत्यु र घाइते भएका छन्।

छुट्टाछुट्टै घटनामा दुई साँढको पनि मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । पुड्डुकोट्टाईमा एक कार्यक्रमका क्रममा साँढेको मृत्यु भएको छ भने शिवगङ्गाई जिल्लाको सिरावयाल गाउँमा साँढे लखेट्ने क्रममा एक साँढे मालिक र उनको साँढेको मृत्यु भएको छ।

अधिकारीहरूले अधिकांश मृत्यु र घाइतेहरू मैदानबाहिर भएको बताएका छन् । साँढे मालिकहरूले सामान्यतया ठूलो भीडको उपस्थितिमा दौड पछि आफ्नो साँढेहरू सङ्कलन गर्छन्। सिन्ह्वा

प्रकाशित मिति: ५ माघ २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com