एजेन्सी । ताइवानमा सोमबार राति गएको शक्तिशाली भूकम्पमा परेर चार जना घाइते भएका छन्। ताइवानको ताइनान शहरमा नेपाली समयानुसार सोमबार राति दश बजे शक्तिशाली भूकम्प गएको हाे। भूकम्पको गहिराइ १४ किलोमिटर रहेको थियो। राजधानी ताइपेईमा कम्पनको महसुस दश सेकेन्डभन्दा बढी समयसम्म भएको थियो। भूकम्पपछि केही पराकम्पनहरू पनि अनुभव गरिएकाे स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।

ताइनानको नान्क्सी जिल्लामा चार जना घाइते भएका छन्। उनीहरूलाई अस्पताल पठाइएको छ। मिन्जु रोडमा दश वटा घर भत्किएपछि उद्धार गरिएको थियो। ताइनानका मेयर हुआंग वेई–चेले प्रभावित क्षेत्रको भ्रमण गरेर आवश्यक सहयोग गर्ने वाचा गरेका छन्। भूकम्पपछि घर चिरा परेको स्थानीयले जानकारी दिएका छन्।

  • एजेन्सी

प्रकाशित मिति: ८ माघ २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com