जनकपुरधाम । नेपालको एक मात्र रेल आगलागी बाट जोगिएको छ ।बग्गीको सामान राख्ने र्‍याकमा राखेकोे एसिड पोखिएर धुवाँ निस्किँदा तत्कालै नियन्त्रणमा लिइएपछि आगलागी हुन बाट जोगिएको हो ।                                             बिहीबार दिउँसो ३ बजेर १५ मिनेटमा जयनगरबाट कुर्थातर्फ आउने क्रममा जगनगरको १ नम्बर गेटबाट निस्केको केहि बेरमै रेलको एउटा बग्गीबाट धुँवा निस्किन थालेको थियो ।धुवा निस्केर आगलागी हुने सम्भावना देखिएपछि बग्गीमा सवार यात्रुको भागाभागको स्थिति बनेको थियो ।                                                            सोही बग्गीमा ५ किलोको सानो ग्यास सिलिण्डर पनि राखिएको थियो ।नेपाल रेल्वे विभागका महाप्रबन्धक निरन्जन झा ले ठूलो क्षति हुनबाट जोगिएको  बताएका छन् । उनले भने ‘प्रहरी तथा रेल्वे कर्मचारीले तत्कालै नियन्त्रणमा लिएपछि आगलागी भएन् । नभए ठूलै क्षति हुने अवस्था थियो ।’                                                           रेलमा एसिड ग्याँस जस्ता प्रज्वलनशील पदार्थ लिएर यात्रा गर्न पाइदैन ।एकै सिटमा बसेका दुई महिला र एक पुरुषमध्ये पुरुष रेलभित्र पोखिएको एसिड बोकेर फरार भए पछि शंकाको आधारमा दुई जना महिलालाई भारतीय प्रहरीले नियन्त्रणमा लिई नेपालको सशस्त्र प्रहरीलाई जिम्मा लगाएको र यसबारे थप अनुसन्धान भइरहेको पनि महाप्रबन्धक झाले बताएक  छन्  ।

प्रकाशित मिति: २० जेष्ठ २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com