काठमाडौं – हमासको कब्जामा रहेका नेपाली नागरिक विपिन जोशी जीवित रहेको इजरायली समाचार संस्था टाइम्स अफ इजरायल ले पुष्टि गरेको छ।
विपिनको मृत्यु भइसकेको आशंका भइरहेका बेला हमासले रिहा गर्न लागेको बन्धकहरूको सूचीमा एक नेपाली नागरिकसमेत रहेको खुलासा भएको हो। यसले विपिन जीवित रहेको प्रमाणित गरेको छ। टाइम्स अफ इजरायल का अनुसार गाजामा अझै आठ जना थाई नागरिक, एक नेपाली र एक तान्जानियाली बन्धकका रूपमा जीवित छन्।
तर, आज (बिहीबार) रिहा हुने सूचीमा भने विपिनको नाम समावेश छैन। हमासले सन् २०२३ को अक्टोबर ७ मा इजरायलमाथि गरेको आक्रमणका क्रममा विपिन जोशीलाई गाजा नजिकैको इजरायली सहर किबुत्ज अलुमिमबाट अपहरण गरेको थियो।
प्रकाशित मिति: १७ माघ २०८१, बिहिबार
प्रतिक्रिया