बलात्कार सम्बन्धी मुद्दामा हदम्याद हटाउने गरि कानुन संशोधनको तयारी अन्तिम चरणमा पुगेको कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले बताए ।आज (शुक्रबार) बिहान चितवनको भरतपुरस्थित विमानस्थलमा पत्रकारहरुसंगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।                                                       मन्त्री शर्माले कानुन आयोगले हदम्याद संशोधन सम्बन्धी प्रतिवेदन बनाउने काम अन्तिम चरणमा पुगेको भन्दै प्रतिवेदन प्राप्त हुनासाथ छलफल गरेर संसदमा लगिने पनि जानकारी दिए । उनले भने-‘ आयोगले प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा पुर्‍याएको छ, प्रतिवेदनलाई स्टेक होल्डरमाझ राखेर छलफल गछौं’ मन्त्री शर्माले भने ‘हदम्यादमा के परिवर्तन गर्ने, कसरी गर्ने भन्ने निश्कर्ष आउँछ र कानुनलाई संसदमा लैजान्छौं ।’                                         मन्त्री शर्माले अपराधलाई सम्बोधन गर्ने काम दायित्व सरकारको भए पनि कतिपय अपराधका घटनालाई हदम्यादकै कारणले सम्बोधन गर्न नसकिएको बताए ।”प्रतिनिधिसभामा बलात्कारको मुद्दामा हदम्याद हटाउन माग गर्दै संकल्प प्रस्ताव समेत दर्ता भइसकेको छ ।” उनले भने “हदम्याद संशोधन भएमा हरेक अपराधिक घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ ।                                                    मन्त्री शर्माले संसदमा अलपत्र परेका ५३ वटा विधेयकहरु २ वर्षदेखि कानुन बन्न नसकेको भन्दै छिट्टै विधेयक पास गर्ने तयारीमा सरकार रहेको बताए ।
यतिबेला बजेट अधिवेशन भए पनि यसलाई विधेयक अधिवेशन जस्तै गराउने भन्दै यही अधिवेशनबाट विधेयकहरु प्राथमिकताका साथ पास गर्ने योजना रहेको पनि उनले बताए ।

उनले पहिलो प्राथमिकता नागरिक सम्बन्धि विधेयक रहेको बताए । यस्तै संघीय निजामति सेवा सम्बन्धी विधेयक तर्जुमा भइराखेको भन्दै त्यस विधेयकलाई पनि संसदमा ल्याउने तयारी भइरहेको जानकारी दिए । उनले हाल संसदमा रहेका ५३ वटा विधेयकलाई सर्वसम्मत पास गराउने र बाँकी ल्याउनुपर्ने विधेयकलाई संविधानसम्मत ढंगले छलफल गरेर अघि बढाउने तयारीमा सरकार रहेको बताए ।

प्रकाशित मिति: २० जेष्ठ २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com