रामेछाप । विश्व वातावरण दिवस २०७९ को अवसरमा रामेछापको सुनापती गाउँपालिका वडा नम्बर ०५ मा वृक्षारोपण कार्यक्रमको सुभारम्भ भएकोछ। भोलि जुन ५ मा विश्वब्यापी मनाइने विश्व वातावरण दिवसको अबसरमा आज जुन ४ बाट वृक्षारोपण कार्यक्रमको शुभारम्भ भएको हो। 

‘पृथ्वीको संरक्षण: दिगो प्रकृतिमैत्री जीवनयापन’ भन्ने मुल नाराकासाथ विश्ववातावरण दिवसको अवसरमा दुईदिने वृक्षारोपण कार्यक्रम रहेको दिपज्योती युवा संजालको अध्यक्ष उमेश मानन्धरले बताए। सुनापती गाउँंपालिका वडा नं-०५, सामुदायिक विकास समाज, महिला तथा बाल सशक्तिकरण स्वास्थ तथा सरसफाइ परियोजनाको समन्वय तथा स्थानीयको उपस्थितिमा दिपज्योती युवा संजालले वृक्षारोपण कार्यक्रमको आयोजना गरेको थियो।

दिपज्योती युवा संजालका अध्यक्ष उमेश मानन्धरले सुनापती गाउँपालिकालाई हरियाली गाउँपालिका बनाउने लक्ष्य रहेको बताए। विश्ववातावरण दिवसको अवसरमा लुभुघाट देखी खनियापानी सम्म गोलमर, धुपी, निम, वर, पिपल, स्वामी, हलुवाबेद आदिको वृक्ष रोप्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

प्रकाशित मिति: २१ जेष्ठ २०७९, शनिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com