सप्तरी । सप्तरीमा बिहीबार चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। जिल्लाको बोदे बर्साइन नगरपालिकामा बर्षासँगै खसेको चट्याङले उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा बोदेबर्साइन नगरपालिका वडा नम्बर ३ मधुवन निवासी ५६ वर्षीय रामजी यादव र ६५ वर्षीय सत्यनारायण यादवको मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।

खेतमा काम गरिरहेको बेला वर्षा हुन थालेपछि एउटै छातामा दुवैजना ओत लागेको अवस्थामा खसेको चट्याङ लागेर घाइते भएका दुवै जनालाई अस्पताल पुर्‍याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २६ जेष्ठ २०७९, बिहिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com