काठमाडौं – विबादित व्यापारी चन्द्र ढकालको कम्पनी ‘चन्द्रागिरी हिल्स’ले भालेश्वर मन्दिर दर्शन गर्न जाने पैदलयात्रुहरूसँग पनि अनधिकृत रूपमा प्रति व्यक्ति १०० रुपैयाँ असुली गरिरहेको समाचार ग्लोबल नागरिक  मा प्रकाशनपछि चन्द्रागिरी नगरपालिकाले अनियमितता भएको भन्दै उक्त कार्य रोक्न चन्द्रागिरी हिल्सलाई पत्र पठाएको छ।

ग्लोबल नागरिक सँगको कुराकानीमा चन्द्रागिरी नगरपालिकाका प्रवक्ता तथा वडा नं. ४ का अध्यक्ष कृष्णप्रसाद खड्गीले नगरपालिकाले यस्तो शुल्क उठाउने अनुमति नदिएको स्पष्ट पार्दै यो अबैध शुल्क असुली तत्काल रोक्न सुचना जारी गर्ने प्रतिबद्धता जनाएका थिए।

Advertisement

सार्वजनिक वन अतिक्रमण गरेर करोडौंको व्यवसाय गरिरहेको चन्द्रागिरी हिल्सले पैदलयात्रुहरूसँग पनि गैरकानुनी रूपमा शुल्क असुल्न थालेको समाचार प्रकाशनपछि चन्द्रागिरी नगरपालिकाले उक्त गैरकानुनी कार्य रोक्न चन्द्रागिरी हिल्सलाई पत्र पठाएको छ।


  • सम्बन्धित समाचार

चन्द्रगिरीमा चन्द्र ढकालको लुटतन्त्र शृङ्खला (भाग-२) : पैदल यात्रीसँग पनि गैरकानुनी शुल्क असुली


केवलकार सञ्चालनका लागि मात्र अनुमति पाएको चन्द्रागिरी हिल्सले पैदलयात्रुहरूसँग समेत शुल्क उठाएर यति ठूलो अनियमितता भइरहँदा पनि स्थानीय राजनीतिक दल, चन्द्रागिरी नगरपालिका र प्रहरी प्रशासनले कुनै चासो नदेखाएको आरोप स्थानीयबासीले लगाएका थिए।


चन्द्रागिरीमा ‘चन्द्र ढकाल’को काण्डै काण्ड : अहिलेसम्मकै ठुलो भ्रष्टाचार शृङ्खला (भाग १)


चन्द्रागिरी हिल्सले राष्ट्रिय वन क्षेत्रमा अनुमति विपरीत निजी सुरक्षागार्ड राखेर दैनिक लाखौं रुपैयाँ उठाइरहेको पाइएको थियो। ग्लोबल नागरिकले प्राप्त गरेको रसिदअनुसार विगत तीन महिनादेखि सञ्चालनमा रहेको यो अवैध शुल्क संकलनबाट चन्द्रागिरी हिल्सले हालसम्म झण्डै ५० लाख रुपैयाँ उठाइसकेको देखिएको छ।

प्रकाशित मिति: ३ चैत्र २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com