काठमाडौं– नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले ट्राफिक व्यवस्थापनका लागि विद्यालय र कार्यालय समय फरक बनाउन आग्रह गरेका छन्।बिहिवार संसद बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । काठमाडौंमा ट्राफिक जाम हुने समस्या समाधान नभएकोले कार्यालय समय फरक पार्नुपर्ने भन्दै उनले भने –
‘फोहोरमैला र मूल्यवृद्धिको समस्या खेपिरहेका नागरिकले ट्राफिक जामको समस्या भोगिरहेका छन्, एक ठाउँबाट अर्को ठाउँ पुग्न धेरै समय लाग्ने गरेको छ। विद्यालय खुल्ने समय र कार्यालय समय फरकफरक समयमा हुने व्यवस्था मिलाउन सके सडकमा जाम कम हुन्छ।
प्रकाशित मिति: २७ जेष्ठ २०७९, शुक्रबार
प्रतिक्रिया