चितवन । ईच्छाकामना गाउँपालिकास्थित मौवाखोला नजिक पृथ्वी राजमार्गमा आफ्नै बसको ठक्करबाट २३ वर्षिय सह–चालक जनक दाहालको मृत्यु भएको छ ।                                                       काठमाण्डौबाट भारतको सिलगढीतर्फ जाँदै गरेको बा ५ ख ७८४३ नम्बरको नेपाल–भारत मैत्री बसले सुनसरीको झुम्का बस्ने सोही बसका सह- चालक जनक दाहाललाई विहान ४ बजेको समयमा ठक्कर दिएको थियो ।                                                         चितवन प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको र पोष्टमार्टमका लागि शव भरतपुर अस्पताल ल्याईएको छ । बस र चालक प्रहरीको नियन्त्रणमा रहेको पनि बताईएको छ ।

प्रकाशित मिति: २७ जेष्ठ २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com