मुम्बई । बलिउड अभिनेता सलमान खानमाथि हत्या प्रयासको खबर झुटो साबित भएको छ। भारतीय सञ्चार माध्यम बलिउड लाइफका अनुसार सलमानमाथि कुनै आक्रमण भएको छैन।

शुक्रबार उनीमाथि मुम्बईमा हत्याको प्रयास भएको भन्ने खबर बाहिरिएको थियो। तर सलमान हाल आफ्नो आगामी फिल्म ‘कभी इद कभी दिवाली’को छायांकनका लागि हैदराबादमा छन्।

केही दिनअगाडि एक पत्रमार्फत सलमान खान र उनका बुबा सलिम खानलाई ज्यान मार्ने धम्की दिइएको थियो। उनीहरूलाई ज्यान मार्ने धम्की आएपछि मुम्बई पुलिसले अज्ञात व्यक्तिविरुद्ध एफआइआर दर्ता गर्दै छानबिन प्रकृया सुरू गरेकाे थियाे। मुम्बई पुलिसले उक्त पत्र ग्यांङस्टार लोरेन्स बिश्नोईले पठाएको बताएका छन्।

सलमानका बुबा सलिम खान हरेक बिहान मर्निङ वाक जान्छन्। उनी मर्निङ वाकबाट फर्किएपछि सधैं बान्द्राको ब्यान्डस्ट्यान्ड प्रोमेनाडमा आराम गर्छन्। त्यही ठाउँमा उक्त पत्र राखिएको थियो।

उक्त पत्रमा ’मुसेवालाको जस्तै हालत गरिदिन्छु’ लेखिएको थियो। सिद्धु मुसेवालाको केही दिनअगाडि गोली हानेर हत्या गरिएको थियो। उनी पञ्जाबका गायक तथा नेता थिए।

प्रकाशित मिति: २७ जेष्ठ २०७९, शुक्रबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com