काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको तीनकुनेमा राजावादी समूहद्वारा गरिएको प्रदर्शनको न्यायिक छानबिन अनिवार्य नहुन सक्ने संकेत गरेका छन्। शनिबार थाइल्यान्डमा सम्पन्न बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिनकुने घटनासम्बन्धी छानबिन जारी रहेको जानकारी दिएका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले छानबिनको प्रक्रिया निष्पक्ष हुने स्पष्ट पार्दै भने, “छानबिन भइरहेको छ, न्यायिक छानबिन हुनेछ पनि, नहुन पनि सक्छ। तर, निष्पक्ष छानबिन हुनेछ। सबै घटनामा न्यायिक छानबिन आवश्यक हुन्छ भन्ने होइन।”

गत चैत १५ गते राजावादी समूहले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि त्यस क्रममा एक पत्रकारसहित दुई जनाको ज्यान गएको थियो। प्रदर्शनमा उत्रिएकाहरूले सार्वजनिक तथा निजी भवनहरूमा तोडफोड, आगजनी, लुटपाटजस्ता कार्य गरेका थिए। प्रहरीले प्रदर्शन नियन्त्रणमा लिन चलाएको गोलीबाट घाइते भएका २० जना अहिले पनि उपचाररत छन्।

सरकारले घटनाको सन्दर्भमा अनुसन्धान जारी राखेको जनाउँदै प्रधानमन्त्री ओलीले आवश्यक परे मात्र न्यायिक छानबिन हुने संकेत दिएका छन्। उनका अनुसार, छानबिनको प्रकृति घटना विशेषमा भर पर्ने र हरेक घटनामा न्यायिक समिति गठन गर्नु आवश्यक नपर्ने हो।

प्रकाशित मिति: २२ चैत्र २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com