काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेलाई प्रहरीले धरपकड गरी हिरासतमा राखेको विषयमा कडा आलोचना गरेका छन्। उनका अनुसार लामिछानेले आफूलाई शनिबार बिहानै प्रहरी हिरासतको अवस्थाबारे जानकारी गराएका थिए।

चितवनको भरतपुरमा आयोजित पार्टीको ‘जनयात्रा’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै वाग्लेले भने, “आज बिहान भैरहवा प्रस्थान गर्नु अघि रविजीसँग भेट भयो। उहाँले भन्नुभयो– ‘स्वर्णिमजी, हिजो साँझ के-के न भयो, मलाई जबर्जस्ती यहाँ ल्याए। अहिले त दालभात खुवाएर राखेका छन्। आज पनि बिदा, भोलि पनि बिदा।’”

वाग्लेका अनुसार लामिछानेलाई शुक्रबार साँझ प्रहरीले प्रक्रिया विपरीत रूपमा पक्राउ गरेको हो। “कानुनी शासनको पूर्णरूपमा अपमान गरिएको छ,” वाग्लेले भने, “आजको यो घटनाले सरकार कानुनमाथि चलेको छैन भन्ने पुष्टि भएको छ।”

उनले हाल सरकार रास्वपामाथि नियोजित रूपमा आक्रमण गरिरहेको दाबीसमेत गरे।

प्रकाशित मिति: २२ चैत्र २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com