काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा राख्न उच्च अदालत तुलसीपुर, बुटवल इजलासले दिएको आदेशविरुद्ध रास्वपाले सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी गरेको छ।

रूपन्देही जिल्लाको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटीमा रिहा गरेका लामिछानेलाई उच्च अदालतले सो आदेश उल्ट्याउँदै पुर्पक्षका लागि थुनामा पठाउन निर्देशन दिएको हो। सोही आदेशअनुसार उनलाई काठमाडौंबाट पक्राउ गरेर बुटवल लगिएको छ।

रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीले सर्वोच्च अदालत जाने तयारी अघि बढाएको जनाएका छन्। उनका अनुसार यो कदम सभापति लामिछानेकै सल्लाहअनुसार चालिएको हो।

चितवनमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै वाग्लेले भने, “रविजीकै सल्लाहअनुसार हामी अगाडि बढिरहेका छौँ। आइतबार वा सोमबारभित्र यो गैरकानुनी र प्रतिशोधपूर्ण देखिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा जाने छौँ।”

उनले राज्यले रवि लामिछानेमाथि नियोजित रुपमा प्रतिशोध लिएको आरोप पनि लगाए।

प्रकाशित मिति: २२ चैत्र २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com