चितवन । चितवन रत्ननगर नगरपालिका वडा नम्बर – ३ बेल्सीस्थित सरकारी जग्गामा लामो समयदेखि भइरहेको अतिक्रमण विवाद थप चुलिएको छ। स्थानिय भक्त प्रसाद तिमल्सिना परिवारले वर्षौंदेखि ४ मिटरको मोहडा भएको निजी जग्गालाई १२ मिटरसम्म विस्तार गर्दै सार्वजनिक सम्पत्तिमा हालिमुहाली गर्दै आएको स्थानीयको भनाई छ।

स्थानीयले पटक–पटक उजुरी दिए पनि वडा अध्यक्ष सोहेन्द्र राज खरेलले सुनुवाइ नगरेको भन्दै वडा अध्यक्षकै मिलेमतो देखिएको स्थानीयको आरोप छ। स्थानियवासीका अनुसार, सो जग्गामा टोल सुधार समितिको भवन निर्माण गर्ने छलफल भए पनि तिमल्सिनाको राजनीतिक पहुँच र कर्मचारीसँगको साँठगाँठका कारण नगरपालिकाबाट समेत उक्त अतिक्रमितजग्गा नगरपालिकाले फिर्ता ल्याउन नसकेको कारण टोल सुधार समितिको भवन बन्न सकेको छैन्।

छिमेकीहरूका अनुसार, तिमल्सिना परिवारले सरकारी जग्गासँगै अरूको समेत जग्गा ओगट्ने प्रयास गरिरहेका छन्। सम्बन्धित घरको पश्चिम् तर्फको बाटोको अवस्था हेर्दा त्यस जग्गा वडा कार्यालय र सोभन्दा माथिल्लो निकायसमेत अतिक्रमणको प्रक्रियामा संलग्न देखिएको छ।

यस घटनाले स्थानिय तहमा सार्वजनिक सम्पत्तिको संरक्षण र न्यायिक प्रक्रियाप्रति गम्भीर प्रश्न खडा गरेको छ। स्थानीयहरूले निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। स्थानीय सरकार र राजनीतिक पहुँचका आधारमा यस नगरपालिका भित्र सरकारी जग्गा अतिक्रमण बढ्दो छ।

प्रकाशित मिति: २२ चैत्र २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com