काठमाडौं । नेकपा (एमाले)का नेता तथा सांसद सूर्य थापाले न्यायालयको फैसलाविरुद्ध सिंगो पार्टीको रुवाबासी र ल्याङल्याङ किन गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्रश्‍न गरेका छन्।

सामाजिक सञ्जालमार्फत थापाले सभापति रवि लामिछानेले पार्टी खोल्नुअघिको बचत हिनामिना, ठगी र अपचलन तथा बचतकर्तामाथिको घात भएको बताउँदै रास्वपाका नेता तथा कार्यकर्तालाई उक्त प्रश्न गरेका हुन्।

उनले हरेक व्यक्तिले आफ्नो पौरखका दशा/दुर्दशा भोग्नुपर्ने बताएका छन्। थापाले भने, ‘यो त पार्टी खोल्नुअघिको बचत हिनामिना, ठगी र अपचलन हो, बचतकर्तामाथिको घात/ विश्वासघात हो। न्यायालयको फैसलाविरुद्ध सिंगो पार्टीको रूवाबासी र ल्याङल्याङ किन? हरेक व्यक्तिले आफ्नो पौरखका दशा/दुर्दशा त भोग्नुपर्छ।’

थापाले लेखेको स्टाटस यस्तो छ:

सहकारी ठगी – संसदीय छानबिन गर्ने आफ्नै घोषणा!
समितिद्वारा कारबाहीको सिफारिस – क्लिन चिट पाएँ!
पाँच सहकारीमा अनुसन्धान/अभियोजन- प्रतिशोध साँधियो !
२ करोड ७५ लाख धरौट- न्याय जीवितै छ,धरौट बढी भयो!
धरौट खारेजीको माग- स्वयं उच्च अदालतमा निवेदन दर्ता!
पुर्पक्षमा थुनामा पठाउने आदेश- बेड रूपमा पुगेर अन्तिम इच्छा सोध्ने? अति भयो! नयाँपार्टीमाथि ज्यादती भयो रे!
यो त पार्टी खोल्नुअघिको बचत हिनामिना, ठगी र अपचलन हो, बचतकर्तामाथिको घात/ विश्वासघात हो। न्यायालयको फैसलाविरुद्ध सिंगो पार्टीको रुवाबासी र ल्याङल्याङ किन?
हरेक व्यक्तिलेआफ्नो पौरखका दशा/दुर्दशा त भोग्नुपर्छ।

 

प्रकाशित मिति: २३ चैत्र २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com