काठमाडौं । काठमाडौं महानगरपालिकाले रोकिएको तलब एकमुष्ट रुपमा वितरण गर्न थालेको छ । प्रमुख प्रशासकीय अधिकृतमा सरोज गुरागाईंले कमब्याक गरेसँगै तलब निकासा सुचारु भएको हो।

प्रशासन नेतृत्वविहीन हुँदा ४ हजारभन्दा बढी शिक्षक-कर्मचारी तथा जनप्रतिधिको तलब रोकिएको थियो । शिक्षकहरूले ५ महिनाको र कर्मचारीहरुले तीन महिनाको (चैतसम्म) तलब पाउन बाँकी छ । प्रशासकीय अधिकृत गुरागाईं गत विहीबार कार्यालयमा हाजिर भएपछि तलब निकासालाई पहिलो प्राथमिकतामा राखेका थिए ।

महानगरपालिकाका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले रोकिएको तलब वितरण आजबाट सुरू भएको बताए । आजैमात्र आधाभन्दा बढी कर्मचारीको तलब निकासा भइसकेको उनले जानकारी दिए ।

प्रकाशित मिति: २४ चैत्र २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com