काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुको जायज माग सम्बोधन हुने बताएका छन् । आज (सोमबार) काठमाडौंमा आयोजित ‘हिमालयन डाइलग’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले जायज माग सम्बोधनका लागि शिक्षकहरुले आन्दोलन गरिराख्नु नपर्ने बताएका हुन् ।
‘अहिले शिक्षक आन्दोलन चलेको छ । किन चलाउनुभएको हो शिक्षक साथीहरूले ? मलाई थाहा छैन । म प्रधानमन्त्री छु, भनिराखेको छु, जायज मागहरू लिएर कोही आउँदाखेरि आन्दोलन गरिरहनुपर्दैन, हामी त्यसको समाधान दिन्छौं । हामी त्यसलाई सम्बोधन गर्न तयार छौं,’– प्रधानमन्त्री ओलीले भने ।
प्रकाशित मिति: २४ चैत्र २०८१, सोमबार
प्रतिक्रिया