काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले धरानमा खानेपानी समस्या श्रमदानका नाराले नभएर संघीय सरकारको बजेट व्यवस्थापनबाट समाधान हुने बताएका छन्।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेललगायत शीर्ष नेताहरूसँग भेट गरेपछि नेता बस्नेतले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया जनाएका हुन्।

सामाजिक संजालमा बस्नेतले लेखेका छन्, “श्रमदानका गफले होइन हर्क भाइ, खानेपानी केन्द्रको बजेटले उपलब्ध हुन्छ।”
उनले थप लेखेका छन्, “संघीय सरकारले धरानबासीलाई सुरक्षित र पर्याप्त खानेपानी उपलब्ध गराउने प्रक्रिया अगाडि बढाइसकेको छ। बजेटको व्यवस्था र अन्य सहजीकरणहरू केन्द्र सरकारमार्फत गरिनेछ।”

धरानका मेयर हर्क साम्पाङ र प्रधानमन्त्री ओलीबीचको भेटवार्तामा पनि यसै विषयमा छलफल भएको थियो। उक्त अवसरमा प्रधानमन्त्री ओलीले भनेका थिए, “धरानबासीले अब शुद्ध खानेपानी पिउन पाउनुपर्छ। यसका लागि आवश्यक प्रक्रिया आजैबाट सुरु भयो। संघीय सरकारले बजेटको व्यवस्थापन र अन्य आवश्यक पक्षमा पूर्ण सहजीकरण गर्नेछ।”

प्रकाशित मिति: २४ चैत्र २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com