काठमाडौं । प्रतिकिलो चिनीको मूल्य १० रुपैयाँले वृद्धि भएको छ । ९५ रुपैयाँ रहेको चिनी १० रुपैयाँले बढेर १०५ पुगेको हो । ठूला व्यापारी र चिनी उद्योगीको मिलेमतोमा कृत्रिम अभाव देखाएर चिनीमा चरम कालोबारी हुन थालेको छ।
चिनीको अभाव र मूल्य वृद्धि भएपछि व्यापारीले आफूखुसी चिनी बिक्री गर्दै आएका छन् । अहिले चिनीको मूल्य १० रुपैयाँले वृद्धि भएपछि व्यापारीले फरक फरक मूल्यमा चिनी बेच्ने गरेको पाइएको छ । कसैले १०५ कसैले ११० त कसैले १२० रुपैयाँसम्म प्रतिकिलो चिनी बेच्दै आएका छन् ।
प्रकाशित मिति: २९ जेष्ठ २०७९, आइतबार
प्रतिक्रिया