सिक्किम । रामबाबु गुरूङले निर्देशन गरेको फिल्म ‘कबड्डी ४’को प्रदर्शनमा भारतको सिक्किम सरकारले प्रतिबन्ध लगाएको छ।

मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यका जनताको भावनालाई ध्यानमा राख्दै फिल्मको प्रदर्शनमा प्रतिबन्ध लगाउने निर्णय गरिएको बताएका हुन्।

‘सिक्किमका जनता र विभिन्न संघसंस्था र संगठनहरूको भावनालाई ध्यानमा राख्दै राज्य सरकारले विवाद समाधान नभएसम्म राज्यमा कबड्डी ४ को प्रदर्शनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ,’ उनले फेसबुकमा लेखेका छन्।

शुक्रबारदेखि यो फिल्म सिक्किममा प्रदर्शन गर्न तयारी थियो। फिल्ममा केटी नपाएपछि भिक्षु बनेको भन्दै विवाद भएपछि फिल्म प्रदर्शनमा रोक लगाइएको हो।

प्रकाशित मिति: ३१ जेष्ठ २०७९, मंगलबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 GlobalNagarik All rights reserved. | Website by Appharu.com